रुसले युरोपमा ग्यास आपूर्ति गर्ने पाइपलाइन नै उडाइदियो, जनजीवन अस्तव्यस्त हुन सक्ने

डिसी नेपाल
१५ फागुन २०७८ १२:११
4.0k
Shares

काठमाडौं। रुसी सेनाले युक्रेनको ग्यास र तेल संसाधनमा आज एकपछि अर्को गर्दै भीषण आक्रमण गरेको छ । युक्रेनका कैयौं भागबाट यस्ता खबरहरु आएका छन् । राजधानी किभबाट ३० किलोमिटर टाढा वासिलकिभ आयल टर्मिनलमा मिसाइल हानिएको छ ।

आक्रमणको भिडियो फुटेजमा टर्मिनलमा लागेको आगो प्रस्ट देख्न सकिन्छ । यो आक्रमणपछि निस्किएको मुस्लो पूरै क्षेत्रमा फैलिएको छ । राजधानी किभमा विषाक्त हावाको चेतावनी दिइएको छ । शहरकी मेयर नतालिया बालासिनोभिचले समाचार एजेन्सीहरुसँग कुरा गर्दै दुश्मन हरेक कुरालाई बर्बाद गर्न तम्सिएको बताउकी छिन् ।

युक्रेनको पूर्वमा रुस समर्थित विद्रोहीहरुले रोभेन्क नामको सहरमा एक आयल टर्मिनल उडाइदिएका छन् । युक्रेनको पूर्वमा देशको दोस्रो ठूलो सहर खारकिभमा प्राकृतिक ग्यास पाइपलाइनलाई रुसी सेनाले उडाइदिएको छ । यो सहर रुसी सीमा नजिकै छ । यो पाइपलाइन उडाइदिएपछि रुसी ग्यास युरोप पुग्न सक्छ कि सक्दैन भन्ने स्पष्ट छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *