पश्चिमी न्यून चापीय प्रणाली निस्क्रिय
काठमाडाैं। नेपालमा पश्चिमी न्यून चापीय प्रणाली निस्क्रिय बनेकाे छ। आइतबार साँझसम्म याे प्रणालीकाे सामान्य प्रभाव रहे पनि साेमबारबाट मुलुकमा उल्लेखनीय मौसमी प्रणाली नरहेकाे माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ।
बिहान पहाडी भूभागमा आंशिक बदली रहे पनि अन्य भूभागमा मौसम सफा रहेको छ। दिउँसो पहाडी भूभागमा आंशिक बदली लगायत अन्य भूभागमा मौसम सामान्यतया सफा रहने आँकलन गरिएकाे छ । प्रदेश १ तथा गण्डकी प्रदेशका पहाडी भूभागको एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
मंगलबार पहाडी भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, गण्डकी प्रदेश तथा सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना आँकलन गरिएकाे छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment