के तपाई शिवरात्रीको दिन पशुपति जाँदै हुनुहुन्छ ? यी बाटोमा चल्दैनन् सवारी साधन

डिसी नेपाल
१६ फागुन २०७८ १२:१३
112
Shares

काठमाडौँ। महानगरीय ट्राफिक प्रहरी महाशाखाले मंगलबार शिवरात्रीको दिन पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने भक्तजनको सजिलोका लागि त्यस क्षेत्रमा सवारी प्रवेशमा रोक लगाएको छ। शिवरात्रीको दिन पशुपतिनाथ मन्दिर वरिपरिको क्षेत्रमा भक्तजनहरुको अत्याधिक चाप बढ्ने भएको हुनाले महाशाखाले सवारी प्रवेशमा रोक लगाएको हो ।

प्रहरी महाशाखाले चाबहिल, पुरानो बानेश्वर र रातोपुल हुँदै गौशालातर्फ जाने यातायात सेवा निषेध गरेको छ । त्यसैगरी सिफल चौरबाट जयबागेश्वरीतर्फ, लामापोखरी कुटुबहादलबाट मित्रपार्क, गौरीघाटबाट उमाकुण्ड तथा मित्रपार्क, तिलगंगाबाट गौशालातर्फ पनि गाडी चलाउन निषेध गरिने ट्रफिक प्रहरी महाशाखाले जनाएको छ ।

दर्शनार्थी र तिर्थयात्रीहरुका लागि सिफलचौर, गुहेश्वरी पारी, भण्डारखाल/आमोलकोट  र तिलगंगामा पार्किङको व्यवस्था मिलाइएको छ । त्यसैगरी देवउद्यानस्थित पशुपति क्षेत्र विकास कोषको कार्यालयमा कोषका सवारी साधन तथा सेवाप्रदायक संस्थानका साधन पार्किङ गर्ने व्यवस्था मिलाइएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *