ब्राजिलका राष्ट्रपति बोलसोनारोले युक्रेनका राष्ट्रपति जेलेन्स्कीको मजाक उडाए

डिसी नेपाल
१६ फागुन २०७८ १२:२६
5.0k
Shares

काठमाडौं। ब्राजिलका धुर–दक्षिणपन्थी राष्ट्रपति जायर बोलसोनारोले आइतबार एक पत्रकार सम्मेलनको क्रममा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको मजाक उडाउँदै युक्रेनी जनताले आफ्ना आशाहरुलाई एक कमेडियनको हातमा सुम्पिएको बताएका छन् । बोलसोनारोले रुसको निन्दा गर्न अस्वीकार गर्दै ब्राजिल यो संघर्षका विषयमा तटस्थ रहने बताए ।

उनले ब्राजिल र रुस व्यवहारिक रुपले सहोदर राष्ट्र भएको बताए । बोलसोनारोले भने ‘हामी कसैको पक्ष लिने छैनौं । हामी तटस्थ रहनेछौं र जे पनि सम्भव हुनेछ सहयोग गर्नेछौं । युक्रेनका जनताको ठूलो भाग रुसी बोल्छन् ।’ उनले आइतबार आफू र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच २ घण्टासम्म चर्चा भएको दावी गरे । तर, पछि विदेश मन्त्रीले प्रस्ट पार्दै उनले यही महिना भएको मस्को भ्रमणको हवाला दिएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *