बलात्कार आरोपी मुगुका सांसद बानियाँ प्रहरीको फरार सूचिमा

डिसी नेपाल
१६ फागुन २०७८ १९:०१
84
Shares

जुम्ला । बलात्कार आरोपित नेकपा एमालेका समानुपातिक सांसद मोहन बानियाँ प्रहरीको फरार सूचिमा रहेका छन् । जुम्लाकी एक महिलालाई बलात्कार गरेको आरोप लागेका मुगुका बानियाँ नेकपा एमाले समानुपातिक सांसद प्रहरीको फरार सूचिमा रहेका हुन् ।

माघ १९ गते नेपालगञ्जको एक होटेलमा बलात्कार गरेको भन्दै सांसद बानियाँविरुद्ध जुम्लाकी एक पीडित महिलाले माघ २४ गते जिल्ला प्रहरी कार्यालय बाँकेमा जाहेरी दिएकी थिइन् ।

बाँके प्रहरीले फागुन २७ जाहेरी दर्ता गरेको थियो । जाहेरी दर्ताको भएको सात दिन अर्थात् फागुन ४ गते जिल्ला अदालत बाँकेले सांसद बानियाँविरुद्ध पक्राउ पुर्जी जारीसमेत गरेको थियो ।

पक्राउ पुर्जी जारी भएको झण्डै दुई साता बितिसक्दा पनि सांसद बानियाँ अझै पक्राउ परेका छैनन् । बाँके प्रहरीले पक्राउका लागि प्रहरी परिचालन गरेको र छिटै पक्राउ गर्छौं भन्दै आलटाल गरिरहेको पीडित महिलाको गुनासो छ ।

पीडित महिलाका अनुसार पक्राउ पुर्जी जारी भए पनि प्रहरीको फरार सूचिमा रहेका बलात्कार आरोपित सांसद बानिया खुलेआम घुमिरहेको र प्रहरी मूकदर्शक बनेको छ । बलात्कार जस्तो जघन्य अपराध गरेका सांसद बानियाँलाई चाडोभन्दा चाँडो पक्राउ गरी कानुनी दायरामा ल्याउनु पर्ने भए पनि प्रहरीले आलटाल गरेको पीडित पक्षको भनाइछ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी श्याम अधिकारीले फरार सूचिमा रहेका बलात्कार आरोपित सांसद बानियाँलाई १र२ दिन भित्रै पक्राउ गरिने बताए । ‘पक्राउ पुर्जी जारी भएपछि आरोपित सांसदले आफै प्रहरी समक्ष उपस्थित भन्नु भएको थियो,’ एसपी अधिकारीले भने, ‘सांसद बानियाँ सम्पर्कमा नआएपछि पक्राउमा ढिलाइ भएको हो ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *