लमजुङमा दुनाटपरीको व्यवसायिक उत्पादन सुरू

डिसी नेपाल
१७ फागुन २०७८ १७:५९

लमजुङ । मध्यनेपाल नगरपालिकाका महिलाहरूले परम्परागत दुनाटपरीको व्यवसायिक उत्पादन सुरु गरेका छन् । नगरपालिकाको सहयोगमा आधुनिक मेशिनबाट परम्परागत दुनाटपरी बनाउने तलिम पाएसँगै व्यवसायिक उत्पादन सुरू भएको हो । मध्यनेपाल–९ बाँग्रेस्थित भरिखलक आमा समूहमा आबद्ध महिलाले आधुनिक मेशिनबाट दुनाटपरी बनाउन थालेका हुन् ।

नगरपालिकाले दुनाटपरी बनाउने मेशिन समेत खरिद गरिदिएपछि समूहमा आबद्ध महिलाले शनिवारदेखि औचारिक रुपमा व्यवसायिक दुनाटपरी उत्पादन थालेका हुन् । ग्रामिण भेगमा रहेका महिलालाई व्यवसायिक र आत्मनिर्भर बनाउने उदेश्यसहित नगरपालिकाले तालिम र मेशिन खरिद गरी सहयोग गरेको हो ।

प्लाष्टिकका सामग्रीको बढ्दो प्रयोगले पातको दुनाटपरी हराउँदै गएको बेला मौलिकता जोगाउन र परम्परागत सिपलाई उपयोग गरी स्थानीय महिलालाई व्यवसायिक बनाउन दुनाटपरी बनाउने तालिम दिएको नगरपालिका प्रमुम रमेशकुमार पाण्डेले बताए ।

मध्यनेपाल नगरपालिकाले यसअघि पनि वडा नम्बर ४ दुईपिप्ले अन्तर्गतका महिलालाई तालिम दिएको थियो । त्यहाँका महिलाले पनि यसअघिनै व्यवसायिक रुपमा दुनाटपरी उत्पादन गर्दै आएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *