काठमाडौं उपत्यकामा जुवातास खेलिरहेको अवस्थामा ३४ जना पक्राउ
काठमाडौं। प्रहरीले काठमाडौं र ललितपुरबाट जुवातास खेलिरहेको अवस्थामा ३४ जनालाई पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका–१६ नयाँबजारस्थित धादिङ गजुरी गाउँपालिका–६ घर भएका गणेश भुजेलको चिया पसलमा तास खेलिरहेको अवस्थामा ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३० हजार ३ सय ६० रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो। यस्तै, ललितपुरको महालक्ष्मी नगरपालिका–४ ईमाडोल ओचु हाईटस्थित बिनोद श्रेष्ठको ब्याटमिन्टन कोर्टभित्र तास खेलिरहेको अवस्थामा २५ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ।
महानगरीय प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४ लाख २९ हजार ५ सय ९० रुपैयाँ र ८ बुक तास सहित पक्राउ गरेको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment