राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जोर्नीको प्रत्यारोपण

डिसी नेपाल
१८ फागुन २०७८ १९:४०

दाङ । दाङ घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जोर्नीको सफल प्रत्यारोपण गरिएको छ । प्रतिष्ठानका डिन,हाडजोर्नी रोग विशेषज्ञ डा. सागर क्षेत्री नेतृत्वको चिकित्सकीय टोलीले कुहिनोको जोर्नीको सफल प्रत्यारोपण गरेको हो ।

शल्यक्रिया पछि बिरामीको स्वास्थ्य अवस्था सुधार हुँदै गएको अस्पतालले जनाएको छ ।

यसअघि प्रतिष्ठानमा मेरुदण्डको सफल शल्यकृया भएको थियो । पछिल्लो समय प्रतिष्ठानमा हाडजोर्नीका बिरामीहरु उपचार गर्न आउने संख्या दिनप्रतिदिन बढ्दै गएको छ ।

आइसियु, भेन्टिलेटर, सिटिस्क्यानसहितको सेवा विस्तार भएपछि प्रतिष्ठानमा उपचारमा आउने बिरामीहरुको चाप बढेको छ । अहिले एम.आर.आई मेसिन पनि थपिए पछि प्रतिष्ठानको थप सेवा विस्तार भएको छ । एमआरआई मेसिन सेटअप गर्न केही समय लाग्ने प्रतिष्ठानले जानकारी दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *