राष्ट्रपति भण्डारी सेनाको स्वागत समारोहमा सरिक

डिसी नेपाल
१८ फागुन २०७८ २१:४०

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी महाशिवरात्रि एवं सेना दिवसका अवसरमा नेपाली सेनाद्वारा आज साँझ सैनिक मुख्यालय जङ्गी अड्डामा आयोजित स्वागत समारोहमा सरिक भएकी छन् ।

उनी नेपाली सेनाका परमाधिपति हुन् । उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवा, कामु प्रधानन्यायाधीश दीपककुमार कार्की, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समारोहमा सहभागी थिए ।

समारोहमा मन्त्रिगण, सरकारका उच्चपदस्थ अधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि सहभागी थिए । सेनाले महाशिवरात्रिका दिन सेना दिवस मनाउँदै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *