कस्ताे छ आजकाे माैसम ?

डिसी नेपाल
१९ फागुन २०७८ ७:४५

काठमाडाैं। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन। माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो सुदूरपश्चिम, कर्णाली र प्रदेश १ का पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहनेछ । अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ।

सुदूरपश्चिमका पहाडी भूभागका थोरै र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेकाे महाशाखाले जनाएकाे छ । सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै उच्च पहाडी तथा हिमाली भूभागमा हल्का हिमपातको आँकलन पनि गरिएकाे छ।

राति पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ। शुक्रबार पहाडी तथा हिमाली भूभागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यता सफा रहनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *