जाजरकाेटमा १७० किलाेवाटकाे सोलार मिनिग्रेट, ४१७ परिवार लाभान्वित हुने
जाजरकोट। वैकल्पिक उर्जा प्रर्वद्धन केन्द्रले जाजरकोटको बारेकोट गाउँपालिका-५ तोलखानामा १७० किलोवाटको सोलार मिनिग्रेट स्थापना गरेको छ। ४१७ घरपरिवार लाभान्वित हुनेगरी मिनिग्रेट स्थापना गरिएको जलस्रोत तथा उर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले जानकारी दिए।
विद्युतको पहुँच नपुगेको बारेकोट गाउँपालिकामा तत्काल यहाँका सर्वसाधारणलाइ बत्ती दिने उद्देश्यले यो काम गरिएको मन्त्री सिंहले बताए। बुधबार सिंहले सो मिनिग्रेटको उद्घाटन गरे।
जाजरकोट सदरमुकामबाट ७२ किलोमिटर उत्तरपूर्वमा रहेको तोलखाना, नायकबाडा, पाखा लगायत गाउँ सोलारबाट विद्युतीकरण हुन लागेका हुन्। स्थानीय खड्कविक्रम शाहीले भने, ‘टुकीकाे भरमा थियाैं, साेलार बत्ती आएपछि हामी खुसी छौँ।’
बारेकोट गाउँपालिकाका अध्यक्ष महेन्द्रबहादुर शाहले सबै नागरिकमा विद्युत पुर्याउन काम भइरहेकाे बताए।
No ads found for this position

डिसी नेपाल
Facebook Comment