परीक्षा सारिएपछि राजर्षि जनक विश्वविद्यालयमा तोडफोड, चार विद्यार्थी पक्राउ
जनकपुरधाम। जनकपुरस्थित राजर्षि जनक विश्वविद्यालयको परीक्षा सारिएपछि विरोधमा विद्यार्थीले तोडफोड गरेका छन् ।गत बुधबार तय भएको परीक्ष सारिएको विरोधमा वीवीए प्रमथ वर्षका पहिलो सेमेस्टरमा अध्ययनरत विद्यार्थीले विरोध गर्दै विश्वविद्यालयको प्रशासन शाखामा तोडफोड गरेका हुन् । बिना सूचना परीक्षा सारिएको आक्रोसित विद्यार्थीको भनाइ छ ।
विश्वविद्यालयले पटक(पटक सूचना निकालेर परीक्षा नलिएपछि आक्रोशित भएर तोडफोड गरिएको विद्यार्थी आनन्द सहनीले बताए ।‘हामी परीक्षा दिन ११ बजे नै कलेज पुग्यो । तर, त्यहाँ परीक्षा स्थगित गरिएको सूचना टाँसिएको थियो । किन परीक्षा स्थगित भएको होला भन्ने जानकारी गराउन विश्व विद्यालयका कुनै व्यक्ति भेटिएन, प्रशासन शाखामा पनि कोही थिएनन् । त्यसपछि आक्रोशित विद्यार्थी नारावाजी गर्दै तोडफोड गर्न पुगे,’ उनले भने ।
६ महिनाभित्रै हुनुपर्ने समेस्टरको परीक्षा १ वर्ष बित्न लागे पनि आफूहरूले दिन नपाएको भन्दै उनले भने, ‘समयमा परीक्षा नलिएर विश्वविद्यालयले आफूहरूको जीवनसँग खेलवाड गरिरहेको छ । परीक्षाको सूचना पटक/पटक निकाल्छ र पटक/पटक स्थगित पनि गर्छ । त्यस्तोमा आफूहरूको भविष्य कस्तो होला ?
विद्यार्थीले प्रशासन शाखामा दराज, टेबल तथा डेस्क, बेन्च तोडफोड गरेको प्रहरीले जनाएका छन् । तोडफोड गरेको आरोपमा चार जना विद्यार्थीलाई पक्राउ गरिएको धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र बस्नेतले बताए ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment