स्काउटको तदर्थ समिति खारेज गरी निर्वाचन गर्न माग

डिसी नेपाल
१९ फागुन २०७८ १५:३७

काठमाडौं । नेपाल स्काउटको तदर्थ समिति खारेज गरी निर्वाचन गराउन माग गरिएको छ। स्काउट बचाउ अभियानले आज पत्रकार सम्मेलन गरी छ महिनामा निर्वाचन गर्ने म्याण्डेड बोकेर आएको वर्तमान समितिले चार वर्षसम्म निर्वाचन गर्न नसकेको भन्दै नयाँ समिति ल्याएर तत्काल निर्वाचन गर्न माग गरेको हो।

पत्रकार सम्मेलनमा स्काउटका सल्लाहकार तथा गल्र्स सहप्रमुख पुष्पलता भट्टराईले वर्तमान तदर्थ कार्यसमितिले स्काउटको मूल्य र मान्यताविपरीत काम गरेको आरोप लगाए। “स्काउटको मूल्य, मान्यता र तालिमको मर्मविपरित राजनीतिमा सक्रिय राजनीतिक दलका कार्यकर्तालाई मात्र तालिम दिइएको छ, यस्तो तालिम प्रभावकारी भएको देखिँदैन,”– उनले भने। स्काउटको केन्द्रीय कार्यालयलाई राजनीतिकको भर्तीकेन्द्र बनाइएको र नेपाल स्काउटको स्कार्प र लेटरप्याड परिवर्तन गरिएकामा आपत्ती समेत जनाएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *