सान फ्रान्सिस्कोमा योमरी मयजुको नेपाली संस्कृति प्रवर्द्धन र प्रचार प्रसार कार्यक्रम
सान फ्रान्सिस्को। क्यालिफोर्नियाको सान फ्रान्सिस्को शहरमा रहेको यति रेस्टोरेन्टको आयोजनामा योमरी मयजुले सांस्कृतिक प्रस्तुति गरिएको छ। भव्य रुपमा आयोजना गरिएको कार्यक्रममा गैरआवासीय नेपाली अमेरिकीको बाक्लो उपस्थिति रहेको थियो।
मातृभूमि छोडेर अमेरिकामा बसोबास गर्दै आएका गैरआवासीय नेपालीहरुको नेपाली संस्कृतिप्रति गहिरो रुची रहेको देख्न सकिने कार्यक्रममा योमरी इतिहास, योमरी बनाउने तरिका, योमरी सांस्कृति सामाजिक महत्वका साथै नेपाली खानपान तथा पञ्च तत्वको महत्वका विषयमा योमरी मयजुका अध्यक्ष अनुपा श्रेष्ठ तथा योमरी मयजुको काम र उद्देश्यका विषयमा बिनिशा श्रेष्ठले प्रकाश पारेका थिए।

आफ्नो कला र संस्कृति जोगाउने उद्देश्यले अमेरिकाको विभिन्न शहरहरुमा योमरी मयजुको सांस्कृतिक प्रस्तुति सान फ्रान्सिस्कोमा भएको हो।
नेपालको आफ्नै संस्कृति, भेषभुषा, खानापान, मूल्य, मान्यता रहिआएको छ।
यसलाई जगेर्ना गर्न यस किसिमको कार्यक्रमले थप सहयोग पुर्याउने यति रेस्टोरेण्टका संचालक नारायण सोम्नामेले बता। ‘संस्कृति बचाउन हामी सब चाहान्छौं। तर धेरै जसो हामी पश्चिमी देखासिकीमा रमाउँछौं,’ उनले भने, ‘संस्कृति पनि बचोस्, केही रचनात्मक काम पनि होस् तथा रोजगारीको अवसर पनि सिर्जना होस् भनेर हामीले यो प्याकेज कार्यक्रमको सुरुआत गरेका हौं।’

सांस्कृतिक, धार्मिक र पौष्टिक रूपले महत्वपूर्ण मानिने यःमरी सिंगो नेवार समुदायको सभ्यता र संस्कृतिको परिकार हो। नेवार भाषमा यःमरी को अर्थ मनपर्ने रोटी हो भने यसले समग्र नेवार समुदायको संस्कृतिलाई झल्काउने गर्छ।
यःमरीलाई काठमाडौं उपत्यकाको खाद्य पदार्थका रूपमा सीमित गरे पनि विस्तारै यसको महत्वलाई बढाउने उनीहरूको उद्देश्य छ। विशेष गरी ठूला उत्सवमा यःमरीको माला लगाउने र पुष्प वृष्टिको सट्टा यःमरी वृष्टि गराउने पनि गरिन्छ।

सान्टा रोसाको कार्यक्रममा मौलिक नेपाली संगीतको पनि प्रस्तुति रहेको थियो। कार्यक्रमको मुख्य आकर्षण नेपाली शैलीमा जन्मोत्सव मनाइने प्रक्रियाको प्रदर्शन पनि रहेको थियो। नेपाली मौलिक खाना परिकार (नेवारी भ्वय) को प्रबन्ध यति रेस्टोरेन्टद्वारा गरिएको थियो।

No ads found for this position

डिसी नेपाल
Facebook Comment