पोखरामा चैत पहिलो साता सृजना कप विद्यालय भलिवल प्रतियोगिता हुने

डिसी नेपाल
२२ फागुन २०७८ १९:०७

पोखरा । पोखरामा चैतको पहिलो साता सृजना कप सामुदायीक मावि छात्र/छात्रा भलिबल प्रतियोगिता हुने भएको छ । सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा चौथो संस्करणको प्रतियोगिता ४ देखि ७ चैतसम्म सन्चालन हुनेछ ।

प्रतियोगितामा कास्की जिल्लाका सामुदायिक विद्यालयहरु सहभागी हुन पाउनेछन् । कक्षा ९ देखि १२ सम्मका विद्यार्थी सहभागी टोली बनाएर प्रतियोगितामा प्रतिश्पर्धा गर्न मिल्ने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।

सामुदायिक विद्यालयका विद्यार्थीलाई भलिबल खेलमा पुनर्जागरण ल्याउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको उनको भनाइ छ । प्रतियोगितामा ५० टिमले सहभागिता जनाउने अनुमान छ ।

प्रतियोगिताको उपाधि बिजेता छात्र-छात्रा दुबै टीमले एक/एक लाख, उपबिजेतालाई ५०/५० हजार र तेश्रो हुनेले ३०/३० हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर र उत्कृष्ट ब्लकरलाई समेत पुरस्कारको ब्यवस्था गरिएको सृजना विकास केन्द्रका अध्यक्ष ईन्द्रप्रसाद पौडेलले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *