जेष्ठ नागरिकलाई घरमै पुगेर सामाजिक सुरक्षा भत्ता र न्यानो कपडा प्रदान

डिसी नेपाल
२२ फागुन २०७८ २१:१२

रसुवा । जेष्ठ नागरिकको सम्मानमा रसुवाको आमाछोदिङ्मो गाँउपालिकाले घरघरमै पुगि सामाजिक सुरक्षा भत्ता र न्यानो कपडा बितरण सुरु गरेको छ । शुक्रबारदेखि गाउँपालिकाले जेष्ठ नागरिकको घर घरमा पुगि सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता र न्यानो कपडा बितरण गर्न सुरु गरेको हो ।

अध्यक्षसँग जेष्ठ नागरिक सम्मान कार्यक्रम अन्तर्गत घरघरमा पुगि ७० वर्ष माथिका जेष्ठ नागरिकको सम्मानमा न्यानो कपडा स्वरुप फाइबर सिरक, हट ब्याक बितरण सुरु गरिएको गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङले बताए । ‘जेष्ठ नागरिकको सम्मानमा गाउँपालिकाको वडा नम्बर १ हाकुबाट अभियान सुरु गरेका छौँ, गाउँपालिकाको सबै वडामा यो अभियान संचालन हुन्छ, उनले भने, हरेक जेष्ठ नागरिकलाई एउटा फाईबर सिरक र हटब्याग बितरण गछौँ’ उनले भने ।

त्यसैगरि कुमारी बैकको समन्वयमा बैङ्कको कर्मचारी सहित जनप्रतिनिधिहरु घरघरमै पुगी सामाजिक सुरक्षा भत्ता समेत बितरण गरिएको उनले बताए । बृद्वबृद्वाहरुको पहुँच बैङ्क सम्म नहुँदा लामो समयसम्म बृद्व भत्ता नलिएकाहरुका लागि बैङ्कको कर्मचारी साथमा लगि गाँउपालिकाले घरघरमै पुगी सामाजिक सुरक्षा भत्ता बितरण गर्न सुरु गरिएको उनले बताए ।

गाँउपालिकाको पाँचै वटा वडाका ४ सय ४४ जनालाई न्यानो कपडा स्वरुप फाईबर सिरक र हटब्याक बितरण गरिने अध्यक्षसँग जेष्ठ नागरिक सम्मान कार्याक्रमका फोकल पर्सन सन्देश पौडेलले बताए । फागुन महिना भित्रमा बितरणको काम सक्ने उनले बताए ।

हिमाली जिल्ला रसुवाको उत्तरी भेगमा प्राय बाह्रै महिना चिसो मौसम हुने भएकाले बृद्वबृद्वाहरुलाई न्यानो कपडा तथा बिद्युतिय हट ब्याग प्रदान गरिएको उनले बताए । घरमै न्यानो कपडा सहित भत्ता पाएसँगै बृद्वबृद्वाहरु भने खुशी भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *