छुट्टाछुट्टै स्थानमा डुबेर चार जनाको मृत्यु

डिसी नेपाल
२३ फागुन २०७८ १५:०७

काठमाडौं। मोरङ, तनहुँ, कञ्चनपुर र दाङमा डुबेर चार जनाको मृत्यु भएको छ ।मोरङको जहदा गाउँपालिका–४ बस्ने १८ वर्षीय उपेन्द्र यादवको सोही ठाउँस्थित लोहान्द्रा खोलामा डुबेर आइतबार मृत्यु भएको हो ।

खोलामा माछा मार्ने क्रममा डुबेर अशक्त भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।तनहुँको भानु नगरपालिका–१ चुदी खोलामा डुबेर सोही ठाउँस्थित एसबीएस इँटाभट्टामा काम गर्ने रोल्पा थपाङ गाउँपालिका–६ बस्ने १८ वर्षीय सुनिल बुढा मगरको आइतबार मृत्यु भएको छ ।

साथीहरूसँग खोलामा नुहाउने क्रममा डुबेर अशक्त भएका उनको मोती अस्पताल डुम्रेमा उपचारको क्रममा मृत्यु भएको हो ।कञ्चनपुरको पुनर्वास नगरपालिका–२ अरनिकोवस्ती बस्ने दुई वर्षीय अनुरोध तमाङको डुबेर आइतबार मृत्यु भएको छ ।

घर नजिकै रहेको पानीको खाल्टोमा डुबेर अशक्त भएका उनको उपचारको लागि बीएन पोलीक्लिनिक अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।दाङको घोराही उपमहानगरपालिका–९ तेघरा बस्ने १८ महिनाकी बालिका सृष्टी बुढाको आइतबार डुबेर मृत्यु भएको छ ।आफ्नै घरमा खेल्ने क्रममा पानीको वाल्टीमा डुबेर अशक्त भएकी उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *