संविधानमै लैंगिक तथा यौनिक अल्पसंख्यकलाई विभेद गरियोः निलम पौडेल

डिसी नेपाल
२४ फागुन २०७८ १६:३१

काठमाडौं । मोडल तथा ट्रान्सजेन्डर महिला निलम पौडेलले कानुनमै लैंगिक तथा यौनिक अल्पसंख्यकलाई विभेद गरिएको गुनासो गरेकी छन् ।

११२औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा काठमाडौंमा मंगलबार आयोजित कार्यक्रममा उनले संविधानमै लैंगिक तथा यौनिक अल्पसंख्यकलाई अधिकारी दिने विषयमा विभेद गरिएको बताएकी हुन् ।

महिला र पुरुषलाई अधिकारी दिने विषयमा संविधानमा स्पष्ट व्यवस्था गरिएको भए पनि लैंगिक तथा यौनिक अल्पसंख्यकका विषयमा भने मौन रहेको उनको भनाइ छ ।

‘हरेक स्थानमा महिला, पुरुषको कुरा उल्लेख गरिन्छ । तर ट्रन्सजेन्डर लैगिङ्ग तथा यौनिक अल्पसंख्यकहरुको उल्लेख गरिएको छैन,’ निलमले भनिन्, ‘हरेक क्षेत्रमा महिला र पुरुष कोटा भनेर वर्गीकरण गरिएको छ । तर, ट्रान्सजेन्डरहरूका लागि भने कतै पनि कोटा छुट्याइएको छैन ।’

महिला र पुरषका लागि अधिकारी प्राप्तिदेखि रोजगारी दिनेसम्ममा छुट्याइए पनि ट्रान्सजेन्डरका विषयमा कानुन मौन बसेको उनको गुनासो छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *