प्रहरी कर्मचारीहरूको विपद् व्यवस्थापन आधारभूत तालिम सम्पन्न

डिसी नेपाल
२५ फागुन २०७८ १७:२४

काठमाडौं । प्रहरी प्रधान कार्यालय विपद् व्यवस्थापन महाशाखा सामाखुशीमा संचालित २४ औं समूहको विपद् व्यवस्थापन आधारभूत तालिम सम्पन्न भएको छ ।

तालिम समापनका अवसरमा बुधबार आयोजित कार्यक्रमबीच सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक श्याम लाल ज्ञवालीले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक ज्ञवालीले तालिममा सिकेका ज्ञान, सीप र दक्षतालाई चनाखो भई विपद् उद्दारमा प्रयोग गर्नुपर्ने बताए थिए ।

प्रहरी कर्मचारीहरूलाई विपद्, खोज तथा उद्दार कार्य सम्बन्धी ज्ञान सिप प्रदान गरी दक्ष उद्दारकर्मी तयार गर्न तालिम प्रदान गरिएको उनले जनाए ।

तालिम संयोजक प्रहरी नायव उपरीक्षक भरत बहादुर बिकले ४५ दिने तालिममा प्रहरी निरीक्षक २ जना, प्रहरी नायव निरीक्षक ३ जना, प्रहरी सहायक निरीक्षक ३ जना, प्रहरी हवल्दार ३ जना र प्रहरी जवान १९ जना गरी जम्मा ३० जना प्रशिक्षार्थीहरु सहभागी भएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *