बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

डिसी नेपाल
२५ फागुन २०७८ १७:३४

काठमाडौं । बैंकिङ कसूर मुद्दाका एक जना फरार प्रतिवादीलाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं नयाँबानेश्वर बस्ने अर्घाखाँची मालारानी गाउँपालिका–२ ठेगाना भएका ४९ वर्षीय कृष्ण प्रसाद बन्जाडे रहेका छन् ।

बैंकिङ कसूर मुद्दामा उच्च अदालत पाटन ललितपुरले २०७७ पुस २४ र २०७८ मंसिर २१ गते उनलाई चार दिन कैद र ११ लाख रुपैयाँ जरिवाना तोकेको थियो ।

त्यसपछि फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं थापागाउँबाट पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *