सिन्धुलीमा जन्ती बोकेको टिपर दुर्घटनाः दुई जनाको मृत्यु, २४ जना घाइते

डिसी नेपाल
३० फागुन २०७८ १०:३४

सिन्धुली। सिन्धुलीको दुधौली नगरपालिका–५ ठाकुरखोलामा आइतबार साँझ जन्ती सवार टिपर अनियन्त्रीत भएर पल्टीदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा २४ जना घाइते भएका छन्।

घाइतेमध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। आइतबार साँझ ८ बजे बाणेगाउँबाट कटारीतर्फ जाँदै गरेको ना ३ ख ७४ ९० नम्बरको टिपर अनियन्त्रित भइ सडकमा पल्टिएको थियो।

गम्भीर घाइते भएका टिपरमा सवार उदयपुरको कटारी नगरपालिका २ का १९ वर्षीय दिपेन्द्र कुमर र २४ वर्षीय अजय दनुवारको उपचारका क्रममा जिल्ला अस्पताल सिन्धुलीमा मृत्यु भएको हो।

गम्भीर घाइते ४ जनालाई थप उपचारका लागि काठमाण्डौ पठाइएको छ। अन्य घाइतेहरुको बिराटनगर, कटारी र सिन्धुलीका बिभिन्न अस्पतालमा उपचार भइरहेको छ। टिपर चालकलाई जिल्ला प्रहरी कार्यालय सिन्धुलीले नियन्त्रणमा लिएको छ । बेहुला बेहुली भने अर्कै गाडीमा सवार रहेको खुलेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *