भारतीयहरु पाकिस्तान सरकारको प्रशंशा गरिरहेछन् र भारतमाथि उठाइँदैछन् गम्भीर प्रश्नहरु
काठमाडौं । ‘कुनै पनि देशको हवाइ क्षेत्रमा प्रवेश गर्ने कुनै पनि चीजलाई आक्रमण नै मानिन्छ । यस्तोमा रक्षा नियम र कानुनले त यही भन्छन् कि मिसाइल आएको अवस्थामा तपाइँले पनि जवाफी आक्रमण गर्नुहोस् । त्यसैले पाकिस्तानको तर्फबाट यस्तो नगर्नु समझदारीका साथै एक परिपक्व फैसला पनि हो ।’ यी शब्द भारतको सेन्टर फर पोलिसी रिसर्चका एक सिनियर फेलो सुशान्त सिंहका हुन् जसले ९ मार्च २०२२ मा पाकिस्तानको मियां चन्नुमा ‘आकस्मिक रुपमा’ भारतीय ब्रह्मोस मिसाइल खसेपछि पाकिस्तानको ‘समझदारीपूर्ण’ प्रतिक्रियाको प्रशंशा गरेका छन् ।
यस सम्बन्धमा पाकिस्तानको तारिफ गर्ने सुशान्त सिंह एक्ला भारतीय होइनन् । भारत–पाकिस्तानबीच तनावपूर्ण सम्बन्ध, हालका घटनाहरु र परमाणु क्षमताका कारण यो प्रश्न आफ्नो ठाउँमा कायम छ, यो ‘आकस्मिक मिसाइल’ दुई देशबीच संघर्षको कारण बन्न सक्थ्यो । तर, यस्तो भएन । यसको श्रेय कैयौं भारतीय पत्रकार र सैन्य विशेषज्ञले पाकिस्तान सरकारलाई दिइरहेका छन् । खासगरी यस्तो समयमा जब भारतले यसलाई स्वीकार गर्न २ दिन लाग्यो ।
९ मार्चमा पाकिस्तानको खानेवाल जिल्लाको मियां चन्नुमा एउटा अप्रत्याशित घटना घटेको थियो । जसमा एक निकै तीब्र गतिको उडिरहेको चीज स्थानीय आवासीय षेत्रमाथि आएर खस्यो । पाकिस्तानी सेनाको जनसम्पर्क विभाग (आइएसपीआर) का महानिर्देशक मेजर बाबर इफ्तिखारले १० मार्चमा एक पत्रकार सम्मेलनमा भने ‘मियां चन्नुमा जो तीब्र गतिको चीज खस्यो त्यो शायद एक भारतीय मिसाइल थियो ।’
भोलिपल्ट ११ मार्चमा भारतीय रक्षा मन्त्रालयले एक बयानमा स्वीकार गर्यो कि ‘नियमित रेखदेखको क्रममा प्राविधिक खराबीका कारण मिसाइल गल्तीवश फायर भएको थियो ।’ भारतीय रक्षा मन्त्रालयले उच्चस्तरीय जाँचको आदेश पनि दिएको छ । बीबीसीसँग कुरा गर्दै नयाँ दिल्लीको सेन्टर फर पोलिसी रिसर्चका सिनियर फेलो सुशान्त सिंहले भने ‘अहिले पूरै बहसको केन्द्र यही हो कि यदि यो मिसाइल कुनै ठूलो सहरतिर गएको भए के हुन्थ्यो । यो त भाग्यको कुरा हो कि कुनै मानवीय क्षति भएन ।’
सुशान्तले पाकिस्तानको रक्षा प्रणाली निकै उत्कृष्ट रहेको बताउँदै भने ‘तस यति हुँदाहुँदै पनि कुनै पनि रक्षा प्रणालीले यो अनुमान गर्न सक्दैन कि सीमा पारिबाट हानिएको मिसाइल गल्तीवल चलाइएको हो कि होइन । कुनै पनि देशको हवाइ क्षेत्रमा प्रवेश गर्ने कुनै पनि चीजलाई आक्रमण नै मानिन्छ । यस्तोमा रक्षा नियम र कानुनले त यही भन्छन् कि मिसाइल आएको अवस्थामा तपाइँले पनि जवाफी आक्रमण गर्नुहोस् । त्यसैले पाकिस्तानको तर्फबाट यस्तो नगर्नु समझदारीका साथै एक परिपक्व फैसला पनि हो ।’
पाकिस्तानका प्रधानमन्त्रीका सुरक्षा सल्लाहकार मोइद युसुफले ११ मार्चमा ट्वीटरमा आफ्नो बयानमा भनेका छन् ‘४० हजार फिटको उचाइमा एक सुपरसोनिक मिसाइल पाकिस्तानको सीमामा आयो । यो मिसाइल लञ्च भएपछि भारतलाई यो बताउन २ दिन लाग्यो कि मिसाइल गल्तीवश लञ्च भएको हो ।’ स्मरणीय छ मिसाइलको विषयमा भारतीय रक्षा मन्त्रालेको बयान घटनाको २ दिनपछि ११ मार्चमा मात्रै आएको थियो ।
मोइद युसुफले आफ्नो बयानमा भारत र पाकिस्तानबीच सम्बन्धका विषयमा चिन्ता व्यक्त गर्दै भनेका छन् ‘भारतमा अहिलेको समयमा एक फासीवादी विचारधारा अपनाइँदैछ जस अनुसार २०१९ मा पाकिस्तानमा आक्रमण गर्ने प्रयास पनि गरिएको थियो । पाकिस्तानको विदेश मन्त्रालयले पनि यस्तै किसिमका केही प्रश्न गरेको छ । विदेश मन्त्रालयले शनिबार एक बयानमा भनेको छ ‘यो घटनाले अरु पनि प्रश्नहरुलाई जन्म दिएको छ जसको जवाफ दिनु जरुरी छ ।’
पाकिस्तानको विदेश मन्त्रालयले भनेको छ ‘भारतले स्पष्ट पारोस् कि दुर्घटनावश मिसाइल फायर हुने जस्ता घटनाहरु रोक्नको लागि के उपाय उपलब्ध छ, विशेष रुपले यो घटनाको विवरणको बारेमा पाकिस्तानलाई सूचित गरियोस् ।’ मन्त्रालयको बयानमा अगाडि भनिउको छ ‘भारतले पाकिस्तानलाई यो बताउनुपर्छ कि पाकिस्तानी क्षेत्रमा खसेको मिसाइलको प्रकार र विवरण के हो । भारतले यो स्पष्टीकरण पनि दिनुपर्छ कि मिसाइल कुन बाटोमा थियो र कसरी यसको बाटो अचानक बदलिएर पाकिस्तानमा प्रवेश गर्यो ।’
पाकिस्तानले भारतसँग कैयौं प्रश्न गरेको छ । जस्तो उसले यो पनि सोधेको छ कि के नियमित अभ्यास र रेखदेखको क्रममा पनि भारतमा मिसाइल हान्नको लागि सधैं तयार राखिन्छन् ? भारतले पाकिस्तानलाई तत्काल यो सूचना किन दिएन कि गल्तीवश मिसाइल फयर भयो र यो कुराको प्रतीक्षा किन गरियो कि पाकिस्तानको तर्फबाट यो घटनाको घोषणा गरिनेछ र स्पष्टीकरण मागिनेछ । पाकिस्तानले यति ठूलो अक्षमतालाई दृष्टिगत गर्दै भारतले उसका मिसाइल वास्तवमै उसका सशस्त्र बलको हातमा छ वा अरु कसैको भन्ने पनि स्पष्ट पार्नुपर्ने बताएको छ ।
बयानमा स्पष्ट पारिएको छ कि दुई देशबीच कम दूरी र जवाफ दिने समयका कारण कुनै पनि तर्फबाट यस्तो कुनै घटनाको गलत अर्थ जवाफी हमलाको रुपमा निस्किन सक्छ जसका गम्भीर परिणाम हुनेछन् । अन्तर्राष्ट्रिय समुदायले परमाणु शक्ति सम्पन्न २ देशको बीच यस्ता घटनालाई गम्भीरतापूर्वक लिइयोस् । पाकिस्तानले भारतको तर्फबाट आन्तरिक अदालतको माध्यमले यो घटनाको जाँच गर्ने फैसलालाई अपर्याप्त भनेको छ । मिसाइल पाकिस्तानको सीमाभित्र खसेकोले यो घटनाका तथ्य पत्ता लगाउन संयुक्त जाँच गरिनुपर्ने पाकिस्तानको माग छ ।
कैयौं अन्य विशेषज्ञले पनि यसबारेमा कैयौं बयान दिएका छन् कि कसरी परमाणु क्षमता भएका दुई देशबीच यो मामिला बढेमा क्षेत्रमा अनिश्चितताको स्थिति उत्पन्न हुन सक्छ । भारतीय सैन्य पत्रिका फोर्सका सम्पादक प्रवीण साहनी भन्छन् ‘यस किसिमका कुरा गर्नु कि दुवै देश परमाणु हतियार सम्पन्न छन् र त्यसको प्रयोग गर्न सक्छन्, यो गैरजिम्मेवारीपूर्ण बयान हो । यसबाट अझै धेरै त्रास फैलाउने र झगडालाई बल्झाउने कोसिस भइरहेको छ । पाकिस्तानले यस विषयमा समझदारी देखाएको छ जुन एक लोकतान्त्रिक सरकारमा हुनुपर्छ । यसबाट भारतमाथि उठ्ने प्रश्न भने नरम हुनु हुँदैन र प्रश्न सोधिनुपर्छ । तर, हतियारको प्रयोग र जवाफी कारवाहीमा जोड दिनु ठिक होइन ।’
भारतको रक्षा मन्त्रालयको बयानमा टिप्पणी गर्दै सुशान्त सिंहले भने ‘यो एक सतही बयान हो जसलाई त्यतिबेलासम्म गम्भीरतासाथ लिन सकिन्न जबसम्म भारतीय रक्षा मन्त्रालयको तर्फबाट स्पष्ट गरिँदैन कि यस्तो किन भयो । र, यस सम्बन्धमा हुने जाँचको परिणामा पाकिस्तानसँग साझा गरिनुपर्छ ।’ सुशान्त सिंहले अगाडि भने ‘भारतीय डिजीएमओको हटलाइनबाट पनि कुनै खबर दिइएन ।’ स्मरण रहोस् पाकिस्तान र भारतीय सेनाको डाइरेक्टर जनरल अफ मिलिट्री अपरेशन (डिजीएमओ) बीच हटलाइन सम्पर्क कुनै पनि असामान्य स्थितिमा तत्काल सूचना आदान प्रयोगका लागि प्रयोग गरिन्छ ।
यो घटनापछि सामाजिक संजालमा यसको सम्बन्ध भारतमा हुने चुनावसँग त छैन भन्ने बहस सुरु भएको छ । केही बयानमा यो घटनालाई ‘मोदीको षड्यन्त्र’को रुपमा पनि पेश गरिएको छ । तर, भारतका ५ राज्यमा विधानसभा चुनाब ७ मार्चमा सकिइसकेको थियो र ० मार्चसम्म नतिजा पनि आइसकेको थियो । सुशान्त सिंहले यसको चुनाबसँग सम्बन्ध नभएको बताए । उनले भने ‘हुन सक्छ ब्याकडोरबाट वा अनौपचारिक रुपमा पाकिस्तानलाई बताइएको थियो । तर, यदि यस्तो भएको भए पनि भारतीय रक्षा मन्त्रालयले स्पष्ट रुपमा बनाउनुपर्छ ।’







डिसी नेपाल







Facebook Comment