रास्वपा सभापति लामिछाने र अमेरिकी प्रतिनिधि कपुरबीच भेटवार्ता

डिसी नेपाल
७ वैशाख २०८३ २१:५८

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र अमेरिकी सहायक विदेश मन्त्री समीर पल कपुरबीच काठमाडौंमा भेटवार्ता भएको छ।

सोमबार भएको भेटका क्रममा उनीहरूबीच नयाँ सरकारमा रास्वपाका प्राथमिकता र नेपाल–अमेरिकाबीचको सहयोगका क्षेत्रहरूका बारेमा छलफल भएको छ।

भेटपछि सामाजिक सञ्जालमार्फत जानकारी दिँदै कपुरले सभापति लामिछानेसँग भेट्न पाउँदा खुसी लागेको बताएका छन्।

उनले रास्वपाको सरकारमा रहने प्राथमिकताहरू बुझ्ने अवसर मिलेको र दुई देशबीचको आपसी सहकार्यका विषयमा फलदायी संवाद भएको उल्लेख गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *