आफूप्रति मिडिया ट्रायल र प्रायोजित हल्ला फैलाइएको गृहमन्त्रीको आरोप

डिसी नेपाल
७ वैशाख २०८३ २२:०६

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले आफ्नो अभियान नरोकिने बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत उक्त कुरा बताएका हुन्।

उनी भन्छन्, ‘वर्षौंदेखि जसले राष्ट्रको ढुकुटीमा रगत पसिना साटेको पैसामा आँखा गाडेका छन्, उनीहरू आज डराएका छन्। मिडिया ट्रायल र प्रायोजित हल्ला त केवल उनीहरूको छटपटी मात्र हो। कारबाही रोकिँदैन, डगमगाइँदैन। दिनको ५० करोड भ्रष्टाचार गर्नेको पछाडि पनि यत्तिको दुःख गरेर लागेको देखिनँ।’


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *