कञ्चनपुरमा ३४० मतदान केन्द्र निर्धारण

डिसी नेपाल
३ चैत २०७८ ९:३९

कञ्चनपुर। स्थानीय तहको निर्वाचनलाई लक्षित गरी कञ्चनपुरमा ३४० मतदान केन्द्र निर्धारण गरिएका छन् ।मतदाताको चापलाई मध्यनजर गर्दै विगतको तुलनामा १० मतदान केन्द्र थप गरिएका हुन् । यसअघि ३३० मतदान केन्द्र रहेका थिए । जिल्ला निर्वाचन कार्यालयका प्रमुख उदयराज जोशीका अनुसार एक हजार मतदाता बराबर एकका दरले मतदान केन्द्र निर्धारण गरिएको छ ।

मतदानस्थल भने विगतकै १३२ लाई नै निरन्तरता दिइएको छ । “निर्वाचनमा खटिने कर्मचारीको विवरण सङ्कलनको कार्य सुरु गरेका छौँ”, कार्यालय प्रमुख जोशीले भने, कर्मचारीको विवरण सङ्कलनपश्चात् आवश्यक तालिम दिई मतदान केन्द्रमा खटाइने छ ।” एक मतदान केन्द्रमा चार जनाका दरले कर्मचारी खटाइने उनले बताए । तीन सय ४० मतदान केन्द्रमा एक हजार ३६० कर्मचारीलाई खटाइने छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *