खोटेहाङ गाउँपालिकामा मौज्दात बजेट २ करोड ८५ लाख बिनियोजन

डिसी नेपाल
३ चैत २०७८ २१:१९

खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिकाले गत आर्थिक वर्षको मौज्दात बजेट विभिन्न योजनाका लागि बिनियोजन गरेको छ । दशौं गाउँसभामार्फत गाउँपालिकाले कतिपय पुर्वनिर्धारित तथा कतिपय नयाँ योजनाका लागि मौज्दात बजेट २ करोड ८५ लाख बिनियोजन गरेको हो ।

संशोधित वजेट तथा कार्यक्रममा मौज्दातबाट सञ्चालन हुनेगरी पुँजीगत योजनातर्फ आधारभुत अस्पताल निर्माणका लागि विस्तृत परियोजना प्रतिबेदन (डिपिआर) तयार, केन्द्रिय विद्युतीकरण (खोटेहाङ गाउँपालिका–१, २ र ३), सडक गुरुयोजना निर्माण, एम्बूलेन्स खरिद, साना सिँचाई लगायतका समपुरक योजनाका लागि १ करोड ७६ लाख ८८ हजार विनियोजन गरिएको छ । यसमध्ये अस्पतालको डिपिआर तयार पार्ने योजना नयाँ हो । विद्युतीकरणका लागि ४० लाख विनियोजन गरिएकामा गाउँसभामार्फत एक करोड पुर्‍याइएको गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए ।

यस्तै, गाउँपालिकाको वृत्तचित्र निर्माण, कक्षा ६ को स्थानीय पाठ्याक्रम निर्माण, पाँच वर्षको प्रमुख उपलव्धी प्रकाशन, बालविकास केन्द्र तथा विद्यालय कर्मचारीको तलव भत्ता वृद्धि, विपद व्यवस्थान कोष, औषधि खरिद लगायतका कार्यक्रमका लागि एकमुष्ट १ करोड ८ लाख १२ हजार विनियोजन गरिएको छ । यसमध्ये साविकको विपद व्यवस्थान कोष र औषधि खरिद शिर्षकमा गाउँसभामार्फत बजेट थप गरिएको गाउँपालिकाले विज्ञाप्तीमार्फत जानकारी दिएको छ ।

गाउँसभाले गाउँपालिकाको लिखत प्रमाणीकरण कार्यविधि विधेयक, चालु आर्थिक वर्ष २०७८र०७९ को संशोधित विनियोजन विधेयक, न्यायिक समितिले उजुरीको किनारा गर्दा अपनाउनुपर्ने कार्यविधि सम्वन्धमा बनेको विद्येयक, न्यायिक समितिको प्रतिबेदन, आन्तरिक लेखा परिक्षण प्रतिबेदन छलफल गर्दै पारित गरिएको छ । यस्तै, आर्थिक वर्ष २०७७र०७८ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन ९लिसा०मा गाउँपालिकाले प्राप्त गरेको अंक ६३।५ सम्वन्धी जानकारी र महालेखा परिक्षण २०७७र०७८ को प्रारम्भिक प्रतिबेदनबाट औंल्याइएका बेरुजुको फछ्र्यौट सम्वन्धी छलफल गर्दै पारित गरिएको विज्ञाप्तीमा जनाइएको छ ।

गाउँसभा उपाध्यक्ष कविता राईले प्रस्तुत गरेको चालु आर्थिक वर्ष विनियोजित कुल ५५ करोड ११ लाख ५२ हजार बराबरको योजनाको प्रगती समिक्षा गर्दै पारित गरिएको जनाइएको छ । गाउँसभा २९ फागुन र ३० फागुनमा सम्पन्न भएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *