६ वटा सामुदायिक वनलाई अग्नि नियन्त्रक औजार

डिसी नेपाल
७ चैत २०७८ ६:५३

खोटाङ। डढेलोको जोखिम बढ्दै गएपछि डिभिजन वन कार्यालय खोटाङले ६ वटा सामुदायिक वनलाई अग्नि नियन्त्रक औजार प्रदान गरेको छ। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका ६ वटा सामुदायी वन आवद्ध अग्नि नियन्त्रण सञ्जाललाई आगो नियन्त्रण गर्ने औजार प्रदान गरेको हो।

स्थानीय देउले सामुदायिक वन, चालिसे सामुदायीक वन, ओरआँप सामुदायिक वन, देविस्थान सामुदायिक वन, चन्द्रमान सामुदायिक वन र भालासिरवानी सामुदायिक वनलाई डढेलो नियन्त्रणको प्रयोजनका लागि १० थान फायर स्वाटर, १० थान रेक, ५ थान रेक हु ५ थान, ५ थान बेल्चा, १० थान माक्स, १० थान पञ्जा र ५ थान हेल्मेट र १ थान पानीको व्याग प्रदान गरेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *