बानाका लागि थप रकम दिने ट्रष्टी सदस्यहरुको घोषणा

डिसी नेपाल
१० चैत २०७८ ९:४७

वाल्टिमोर। अमेरिकाको बाल्टिमोरमा रहेको नेपालीहरुको पुरानो सामाजिक संस्था बाल्टिमोर एसोसिएसन अफ नेप्लिज इन अमेरिका (बाना) को कम्युनिटी रिसोर्स सेन्टर भवनका रिण रिफाइनान्स गर्ने र दाताहरुबाट थप रकम उठाउने निर्णय यसको ट्रष्टी बोर्ड बैठकले गरेको छ।

मार्च २० मा बसेको सो बैठकले बाना भवनका लागि लिएको ऋण तिर्नका लागि ट्रष्टी सदस्यहरुले व्यक्तिगतरुपमा पनि रकम दान गर्ने घोषणा गरेका छन्।

बाना ट्रष्टी बोर्डका अध्यक्ष कुलमणि आचार्यले डिसी नेपाललाई दिएको जानकारीअनुसार, आचार्य स्वयंले ५ हजार अमेरिकी डलर दान गर्ने भएका छन् भने चर्चित लोक गायक प्रेमराजा महतले २५ सय, देवव्रत शर्माले ३ हजार, ओएनएफका अध्यक्ष प्रभु थापाले २५ सय, दिवाकर ज्ञवालीले १ हजार तथा जनक पौडेलले १ हजार डलर रकम बानालाई दान गर्ने घोषणा गरेका छन्।

बैठकले बानालाई बैंकको रिणमुक्त बनाउन निव्र्याजी रकम दिन पनि नेपाली समुदायसंग आग्रह गरेको छ । सो संस्थाको ट्रष्टी बोर्डमा प्रेमकुमार श्रेष्ठ र विजय श्रेष्ठलाई थप गर्ने निर्णय पनि गरेको आचार्यले जानकारी दिए।

बोर्डमा अध्यक्ष कुलमणि आचार्य, उपाध्यक्ष राजन कट्टेल, सचिव दिवाकर ज्ञवाली र सदस्यहरुमा अनुसुया वन्त, प्रभु थापा, देवव्रत शर्मा, गोपाल विक, विजय श्रेष्ठ र प्रेमकुमार श्रेष्ठ छन्। त्यसैगरी बानाका कार्यकारिणी समितिका अध्यक्ष सुवोधविलास पन्त पदेन सदस्य छन्। सो संस्थामा ४३ जना ट्रष्टी सदस्यहरु छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *