शिक्षामा तीन क्षेत्रको सुधारः शिक्षामन्त्री पौडेल

डिसी नेपाल
१० चैत २०७८ १४:४७
68
Shares

बाग्लुङ। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षामा तीन क्षेत्रको सुधार एकैपटकमा गर्न थालिएको बताएका छन्।आज बागलुङ जिल्लाको गलकोटमा सुरु भएको पत्रकारका लागि विज्ञान तथा प्रविधि तालिम र विज्ञान विद्यार्थीका लागि वैज्ञानिक अवधारणासम्बन्धी तालिम शुभारम्भ गर्दै उनले शिक्षामा भौतिक पूर्वाधार, शैक्षिक क्रियाकलाप तथा शिक्षासम्बन्धी कानुन तथा नीतिगत सुधारको कार्य एकैपटक गर्न थालिएको बताएका हुन्।

मन्त्री पौडेलले नेपालका सबै पालिकामा एक–एक प्राविधिक विद्यालय स्थापना गर्ने र सातै प्रदेशमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को अनुसन्धान केन्द्र स्थापना गर्ने सरकारको लक्ष्य रहेको छ भने। उनले गण्डकी प्रदेशमा स्थापना गर्न लागिएको नास्टको अनुसन्धान केन्द्र बागलुङमा स्थापना गरिने पनि जानकारी दिए।

दुबै तालिम बिपी कोइराला मेमोरियल प्लाटेरियम अब्जरभेटरी र विज्ञान सङ्ग्रहालय विकास समितिको आयोजनामा बागलुङको गलकोटमो आयोजना गरिएको हो । तालिममा जिल्लाका २५ क्रियाशील पत्रकार र विज्ञान विषयका १० भन्दा बढी विद्यालयका विद्यार्थी सहभागी रहेका उक्त विकास समितिका कार्यकारी निर्देशक डा.सनतकुमार शर्माले जानकारी दिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *