मानव अधिकार उल्लंघनकर्तालाई स्थानीय निर्वाचनमा टिकट नदेऊः आयोग

डिसी नेपाल
१० चैत २०७८ १८:२२
16
Shares

 

खोटाङ । राष्ट्रिय मानव अधिकार आयोगले आसन्न स्थानीय तहको निर्वाचनमा मानव अधिकार उल्लंघनमा दोषी किटान भई नाम सार्वजनिक भएका नेता तथा कार्यकर्तालाई उम्मेदवार नबनाउन आग्रह गरेको छ ।

राष्ट्रिय मानव अधिकार आयोग, प्रदेश नम्बर १ शाखा कार्यालय खोटाङले सोलुखुम्बु, ओखलढुंगा र खोटाङका राजनीतिक दललाई पत्राचार गर्दै आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा मानव अधिकार उल्लंघनकर्ताका रूपमा किटान भएका नेता तथा कार्यकर्तालाई टिकट नदिन सचेत गराएको हो ।

आयोगले स्थानीय तहको निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन राजनीतिक दल, निर्वाचनमा खटिने कर्मचारी, अनुगमन तथा पर्यवेक्षक र मतदातालाई आग्रह गरेका छन् ।

कार्यालय प्रमुख उपसचिव श्यामबाबु काफ्लेले बिहीबार जारी गरेको प्रेस नोटमा समानुपातिक समावेशी सिद्धान्तको आधारमा उम्मेदवार तय गर्न, निर्वाचन प्रचार–प्रसारका क्रममा आयोजना गरिने कार्यक्रममा बालबालिकाको प्रयोग नगर्न, निर्वाचनको अवधिमा हुने विभिन्न कार्यक्रममा घृणा, द्वेष फैलने जस्ता अमर्यादित किसिमका शब्द कोही पनि उम्मेदवार तथा नेतृत्वबाट व्यक्त नगर्न आह्वान गरेको छ ।

निर्वाचन आयोगबाट जारी आचार संहिताका विशेषतः मानव अधिकारसँग सम्बन्धित विषयलाई प्राथमिकताका साथ पालना गर्न अनुरोध गरेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *