दाङ क्रिकेट लिग : घोराही र पुरन्धारा विजयी

डिसी नेपाल
१२ चैत २०७८ २१:११

दाङ । दाङ क्रिकेट लिग सुरु भएको छ । दाङ क्रिकेट संघको आयोजनामा जिल्लामा पाँच व्यावसायिक समूहको सहभागितामा प्रतियोगिता सुरु भएको हो ।

सगरमाथा सिमेन्ट दाङ क्रिकेट लिग २०७८ को पहिलो संक्ररणको पहिलो दिनका खेलमा घोराही टाइगर्स र पुरन्धारा रोयल्सले विजयी भएका छन् ।
शनिबार भएको पहिलो खेलमा देउखुरी वारीयर्सलाई ३ विकेटले हराउँदै घोराही टाइगर्स विजयी भएको हो । देउखुरी वारियर्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १३९ रन बनाएको थियो ।

१४० रनको विजयी लक्ष्य लिएर मैदानमा छिरेको घोराही टाईगर्सले १९।५ बलमा सात विकेट गुमाएर उक्त लक्ष्य भेट्टायो ।

सगरमाथा सिमेन्ट दाङ क्रिकेट लिगको पहिलो दिनको दोस्रो खेलमा पुरन्धारा च्यालेन्जर्सले दंगाली लायनमाथि १५ रनको जित दर्ता गरेको छ । टस जितेर ब्याटिङ रोजेको पुरन्धाराले १९।५ ओभरमा सबै विकेट गुमाउँदै ११४ रन जोडेको थियो ।

११५ रनको सामान्य लक्ष्य लिएर मैदान उत्रेको दंगालीले मात्रै ९९ रनमा सीमित हुँदा पुरन्धाले सहज जीत निकालेको हो ।

दाङ क्रिकेट संघको आयोजनामा आयोजित लिगको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले उद्घाटन गरेका हुन् ।

प्रतियोगिता १७ गतेसम्म चल्ने छ । लिगमा पाँच वटा व्यावसायिक टिमले प्रतिस्पर्धा गर्दैछन् ।

नगर प्रमुख चौधरीले खेल क्षेत्रको विकासमा घोराही उपमहानगरपालिकाले सके जति लगानी र प्रवर्द्धन गरेको बताए । सबै खेल क्षेत्रको विकास गर्न नगर प्रतिबद्ध रहेको उनको भनाई थियो । खेल क्षेत्रले देशको शिर उच्चो बनाउन सफल भएकोभन्दै अब खेलाडीलाई व्यवसायीक बनाउन आवश्यक रहेको उल्लेख गरेका छन् ।

क्रिकेट संघका अध्यक्ष प्रदीप मजगैयाको अध्यक्षतामा भएको कार्यक्रममा संघका सदस्य कैलाश रोकामगरको स्वागत मन्तव्यसरहको थियो । कार्यक्रमको सहजीकरण किशोरचन्द्र गौतमले गरेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *