दुर्गा प्रसाईको तरकारी बजार एमाले अध्यक्ष ओलीले उदघाटन गर्ने

डिसी नेपाल
१५ चैत २०७८ १६:१६

भक्तपुर । भक्तपुरको सिपाडोलमा नेपालकै सबैभन्दा ठूलो तरकारी बजार खुलेको छ । बजारको बुधबार एमाले अध्यक्ष केपी ओलीले उदघाटन गर्ने भएका छन् ।

मेडिकल व्यवसायी दुर्गाप्रसाद प्रसाईले तरकारी बजार सञ्चालनमा ल्याएका हुन् । बजारका सञ्चालक राकेशप्रसाद प्रसाईले तरकार बजार उदघाटनको तयारी पूरा भएको जनाए । बजारले भक्तपुरको विकासमा सहयोग पुग्ने उनको विश्वास छ ।

सूर्यविनायक हरित कृषि थोक बजार नामक कृषिबजार जिल्लाको सूर्यविनायक नगरपालिका-८ आदर्श सिपाडोल क्षेत्रमा छ । भक्तपुरकै मुख्य सूर्यविनायक चोक नजिकै दक्षिण पूर्वमा यो बजार छ ।

बजारमा दुईवटा द्वारहरू छन् । एउटा अरनिको राजमार्गअन्तर्गत सूर्यविनायकबाट करिब दुई तीन सय मिटरपूर्व अरनिको राजमार्गबाटै र अर्को अरनिको राजमार्गअन्तर्गत आदर्श बस स्टपबाट माथि सिपाडोल जाने मुख्य बाटोमै छन् ।

आधुनिक रूपमा सञ्चालन गरिएको बजारमा सवारीसाधन पनि एकतर्फी रूपमा सञ्चालन गर्ने व्यवस्थान गर्न दुईवटा द्वार राखिएको छ । कृषि बजारमा तरकारी राख्न ल्याउने गाडीहरूको जाम नहोस् भनेर एकतर्फी बाटो कायम गरिएको छ । कृषि बजारभित्रसम्म तरकारी पुयाउन मोटर पुग्ने गरी व्यवस्था मिलाइएको छ ।

तरकारी बजारको निर्माण कार्य २०७५ फागुनदेखि सुरु गरिएको थियो । बजार अरनिको राजमार्गअन्तर्गत आदर्श बस बिसौनीबाट दक्षिणको ३५ रोपनीको क्षेत्रको जग्गामा छ । बजारभित्र साढे सात सय स्टल छन् । बजार प्रत्येक दिन बिहान २ देखि बेलुकी ८ बजेमा खुल्ला रहने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *