नेपाल प्रहरीका तीनजना डीआईजी एआईजीमा बढुवा

डिसी नेपाल
१७ चैत २०७८ १०:५७
240
Shares

काठमाडौं। सरकारले नेपाल प्रहरीका तीनजना डीआईजी वसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रविन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गरेको छ।

अहिले विहान बसेको मन्त्रीपरिषद् बैठकले उनीहरुलाई एआईजी बढुवा गरेको हाे। बढुवा भएका डीआईजीत्रयलाई प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आजै दज्र्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको छ।

सरकारले प्रहरीमा थपेका तीन एआईजी दरबन्दीमा तीन जना डीआईजीलाई चैत १ मा बढुवा सिफारिस गरेको थियो। तर सरकारको निर्णय चित्त नबुुझेको भन्दै असन्तुष्ट डीआईजीहरुले बढुवा पुनरावलोकन समितिमा उजुरी दिएपछि ढिलाई भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *