आइपीएल: लखनउको पहिलो जित, चेन्नईको लगातार दोस्रो हार

डिसी नेपाल
१८ चैत २०७८ ६:१८

काठमाडौं। चेन्नई सुपर किङ्सलाई ६ विकेटले पराजित गर्दै लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ।

बिहीबार राति भएको रोमान्चक खेलमा चेन्नईले दिएको २११ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लखनउले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर लक्ष्य पूरा गरेेकाे हाे। लखनउका जितमा क्विन्टन डी ककले सर्वाधिक ६१ रन बनाए । यस्तै इभिन लेविसले ५५ तथा कप्तान केएल राहुलले ४० रनको योगदान गरे । चेन्नईका ड्वाने प्रिटोरिउसले २ विकेट लिए।

यस अघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर २१० रन बनाएको थियो। चेन्नईका लागि रोबिन उथप्पाले सर्वाधिक ५० रन बनाए । यस्तै शिबम डुबेले ४९ रन र मोइन अलीले ३५ रन बनाए। लखनउका आभेस खान, एन्ड्रयु टे रबि बोस्नोईले समान२ विकेट लिए।

हारसँगै चेन्नईले २ खेलमा अंक जोड्न सकेको छैन। पहिलो खेलमा चेन्नईलाई कोलकत्ता नाइट राइडर्सले हराएको थियो। जितपछि लखनउले २ खेलमा २ अंक जोडेको छ । पहिलो खेलमा लखनउ गुजरात टाइटन्ससँग पराजित भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *