चट्याङ लागेर एक युवकको मृत्यु
ताप्लेजुङ। गए राति परेको चट्याङ लागेरे सिरीजङ्घा गाउँपालिका–२ आम्वेगुदिनका मुकेश भट्टराईको निधन भएको छ । आम्वेगुदिनको लासाटोलका २३ वर्षीय भट्टराईलाई राति करिब ९ बजे वर्षासँगै परेको चट्याङले लागेको थियो।
चट्याङ लागेलगत्तै उपचारका लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा पुर्याइएकामा उनलाई स्वास्थ्यकर्मीले मृत घोषित गरेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment