आजबाट नेपाल र अमेरिकी सेनाबीच संयुक्त सैन्य अभ्यास सुरु
काठमाडौं। नेपाली सेना र अमेरिकी सेनाबीच शान्ति स्थापना कार्यसम्बन्धी संयुक्त सैन्य अभ्यास आजबाट नेपालमा सुरु भएको छ। नेपाली सेनाको स्पेशल अप्रेसन्स फोर्सेज र अमेरिकी स्पेशल अप्रेसन्स कमान्डका सदस्यहरू एम महिनासम्म चल्ने संयुक्त सैन्य अभ्यासमा सहभागी हुनेछन्।
‘आज अर्थात् ३ अप्रीलदेखि नेपाली सेनाको स्पेशल अप्रेसन्स फोर्सेज र अमेरिकी स्पेशल अप्रेसन्स कमान्डका सदस्यहरू संयुक्त रूपमा एक महिना लामो शान्ति स्थापना कार्यसम्बन्धी विविध कृयाकलापमा सम्मिलित संयुक्त अभ्यासमा सरीक हुनेछन्,’ काठमाडौंस्थित अमेरिकी दूतावासले सामाजिक सञ्जाल ट्वीटर मार्फत भनेको छ।
विपद् व्यवस्थापनदेखि शान्ति स्थापना कार्यसम्बन्धी विविध विषयमा नेपाली र अमेरिकी सेनाले गएको बीस वर्षदेखि दुई देशबीचको सुरक्षा सहकार्य थप मजबुत बनाउन बनाउन निरन्तर साझेदारी गर्दै आएको दूतावासले जनाएको छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment