मोरङमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

डिसी नेपाल
२० चैत २०७८ १७:३२

काठमाडौं । मोरङको कानेपोखरी गाउँपालिका–७ मा आइतबार बिहान जिपको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हाल पहिचान नखुलेका अन्दाजी ३० वर्षीय पुरुष रहेका छन् ।

बा १७ च ७९७१ नम्बरको बोलेरो जिपले आइतबार बिहान साढे ५ बजे पैदलयात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।

जिपको ठक्करबाट गम्भीर घाइते भएका पुरुषको उपचारको क्रममा विराटनगर स्थित कोशी अस्पतालमा मृत्यु भएको हो ।

सवारी साधन सहित चालकलाई इलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *