मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

डिसी नेपाल
२० चैत २०७८ २२:१६
भरतपुर । भरतपुर महानगरपालिका–७ स्थित हेल्थपोष्ट चोकदेखि प्रेमबस्ति चोकतर्फ जाँदै गरेको बा ६३ प ७४०६ नम्बरको मोटरसाइलकल अनियन्त्रित भई ठेला गाडा र स्कुटरमा ठोक्किन पुग्दा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

तीव्र गतिको मोटरसाइकलले अनियन्त्रित भएर दूध बोकेको ठेलागाडा र रोकिराखेको बागमती प्रदेश ०३–०४ प ५३२० नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

मृत्यु हुनेमा मोटरसाइकल चालक भरतपुर–१५ फुलबारीका २५ वर्षीय एक्सन गौतम रहेका छन् । गौतमको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

मोटरसाइकलको ठक्करबाट ठेलागाडामा दूध बोकेर प्रेमबस्ती चोकतर्फ आउँदै गरेका भरतपुर–७ स्थित युनिक गाईफार्ममा कार्यरत ४६ वर्षीय प्रकाश आले घाइते भएका छन् ।

उनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । स्कुटर रोकेर आडैमा बसेकी स्कुटर चालक भरतपुर–७ कि गिता पौडेल सामान्य घाइते भएकी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *