बिजुक्छेँद्वारा तीनदिने पुस्तक प्रर्दशनीको उद्घाटन

डिसी नेपाल
२१ चैत २०७८ २१:५१

भक्तपुर । आरम्भ नेपालको आयोजनामा भक्तपुरमा सोमबारदेखि तीनदिने पुस्तक प्रदर्शनी सुरु भएको छ । पुस्तक अध्ययन संस्कृतिलाई बढावा दिन प्रदर्शनी गरिएको आयोजकले जनाएको छ ।

तीनदिनसम्म चालू रहने पुस्तक प्रदर्शनीको पहिलो दिन पाठक तथा पुस्तक प्रेमीहरुको उल्लेख्य सहभागिता रहेको थियो । प्रदर्शनी चैत २३ गतेसम्म विविध कार्यक्रमसहित हुने आयोजकले जनाएको छ ।

प्रदर्शनीको उदघाटन नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेँले गरेका थिए । धिमेबाजाको संगितसँगै प्रदर्शनीको उदघाटन गरिएको थियो । साथै कार्टुनिष्ट दामोदर सुवालको कार्टुन संग्रह “दामोदरका सय कार्टुन“ पुस्तक पनि त्यही अवसरमा विमोचन गरियो ।

कार्यक्रममा बिजुक्छेँले राजनैतिक अस्तव्यस्तको भण्डाफोर गर्दै व्यंग्यचित्र कार्टुनले जनताको चेतनास्तर बढाउने बताए । आरम्भ नेपालले भक्तपुरको कमलविनायकस्थित लामगालमा सुरु गरेको पुस्तक प्रदर्शनीको उद्घाट्नपछि स्टलहरुको अवलोकन गर्दै उनले माओको अन्तिम लडाइँ, आन्तोन चेखबका कथाहरू, सिलु म्ये र सामाजिक प्रतिरोध, चुयाँ (चिनियाँ साँस्कृतिक नाटक), सुवर्ण समशेर, स्टालिन, लेनिनको जीवनी, संस्कृत नेपाली शब्दकोष, वैज्ञानिक गोरेटोमा र मार्मिक सम्झनाहरू छनोट गरे ।

कार्यक्रमका अर्का अतिथि बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाइँले समाजका देखिएका विसंगति प्रति तिखो व्यंग्यवाण प्रहार गर्ने भएकोले कार्टुन पनि जनताको साहित्य हो भने । पुस्तकका रचयिता कार्टुनिष्ट दामोदर सुवालले कार्टुनले सामाजिक मर्यादाक्रम नाघ्न नहुने र नेताहरूको नकारात्मक चर्तीकला र व्यवहारले कार्टुनको जन्म हुने बताए ।

प्रदर्शनीमा वरिष्ठ कार्टुनिष्ट अविन श्रेष्ठले विकृति विसंगतिमाथि व्यंग गर्दै नेताहरूको व्यवहार शैलीमा परिपक्वता ल्याउन कार्टुन साहित्य महत्वपूर्ण भएको बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *