चुनावी तालमेलकाे माेडालिटी तय गर्न सत्ता गठबन्धनको बैठक बस्दै

डिसी नेपाल
२२ चैत २०७८ ८:४७
112
Shares

काठमाडौं। सत्तारूढ पाँच दलीय गठबन्धनको बैठक आज बस्दै छ। प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा ९ बजे बस्ने बैठकमा स्थानीय तह निर्वाचनमा तालमेलकाे माेडालिटी तयार गर्नेबारे छलफल हुने भएकाे छ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारतकाे दुई दिने औपचारिक भ्रमण गरेर स्वदेश फर्किएपछि गठबन्धनको बैठक बस्ने भएकाे हाे। आजकाे बैठकमा तालमेलकाे माेटालिटी टुंग्याउनेगरी छलफल हुने राष्ट्रिय जनमाेर्चाकी उपाध्यक्ष दुर्गा पाैडेलले बताइन्। १७ चैतमा बसेकाे गठबन्धनको बैठकले निर्वाचनमा तालमेल गर्ने निर्णय गरेकाे थियाे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *