कङ्गोमा नेपाली शान्ति सैनिक घाइते

डिसी नेपाल
२२ चैत २०७८ २१:३०

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा कङ्गोमा तैनाथ ‘नेप क्युआरएफ कम्पनी’ शान्ति सेनाको पहिलो डफफ्मा कार्यरत एक नेपाली शान्ति सैनिक ‘अप्रेसन बाली’का क्रममा घाइते भएका छन् ।

प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा सञ्चालन गरिएको खोजतलास कारबाहीमा विद्रोहीको अब्जेक्टिभ कब्जा गरी जमिन होल्डपछि विद्रोहीबाट भएको फायरमा मिशनमा कार्यरत शान्ति सैनिक घाइते भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

घाइतेको हेलिकप्टरमार्फत उद्धार गरी, बुनियाँस्थित लेबल–२ अस्पतालमा उपचार भइरहेको जानकारी दिइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *