एचआइभी संक्रमित २३ वर्षकी महिलाले १५ वर्षका किशोरलाई बलात्कार गरिन्

डिसी नेपाल
२३ चैत २०७८ ११:३१
4.3k
Shares

काठमाडौं । उत्तराखण्डको उधम सिंह नगरमा एक २३ वर्षीया युवतीमाथि आफ्नै १५ वर्षीय भतिजालाई बलात्कार गरेको आरोपमा मुद्दा दर्ता भएको छ । अभियुक्त महिला एचआईभी संक्रमित छिन् । गत वर्ष डिसेम्बरमा उनको श्रीमानको पनि एचआइभी संक्रमणका कारण मृत्यु भएको थियो । बालकको एचआइभी रिपोर्ट नेगेटिभ आएको छ ।

नाबालकका अभिभावकको उजुरीमा रुद्रपुरको ट्रान्जिट क्याम्प प्रहरी चौकीमा मुद्दा दर्ता गरिएको छ । यस विषयमा अनुसन्धान गरिरहेकी सब इन्स्पेक्टर रीता चौहानले पोक्सो ऐन र आईपीसीको धारा २७० अन्तर्गत मुद्दा दर्ता गरिएको बताइन्। दफा-२७० बमोजिम द्वेषपूर्ण माध्यमबाट प्राणघातक रोगको सङ्क्रमण फैलाउने कसुर समावेश छ ।

रीता भन्छिन्, ‘२ अप्रिलमा बालकका बुवा प्रहरी चौकी आएका थिए । आफ्नी काकीले छोरासँग जबरजस्ती शारीरिक सम्बन्ध बनाएको उनले उजुरी दिएका थिए । यसबारे कसैलाई बताएमा जबरजस्ती गरेको आरोप लगाउने भन्दै ब्ल्याकमेल पनि गरिरहेकी थिइन् ।’

बीबीसी हिन्दीका अनुसार ३० मार्चमा आरोपी महिलाले बच्चालाई ब्ल्याकमेल गरिरहेकी थिइन् । त्यही बेला उनकी आमाले यी कुरा सुनिन्, त्यसपछि बालकले सबै कुरा सुनाए । अभियुक्त महिला अहिले न्यायिक हिरासतमा छिन् ।

पीडित बालकका बुबाका अनुसार आरोपित महिला आफ्नी सासु र नन्दसँग पिलिभीतमा ससुराको घरमा बस्दै आएकी थिइन्। होलीको समयमा उनी परिवारसहित गाउँ गएका थिए । त्यतिबेलै उनले पहिलो पटक बालकसँग शारीरिक सम्बन्ध राखेकी थिइन् । उनको मञ्जुरीविना यो काम भएको उनको छोराले बताए । त्यसलाई अस्वीकार गरेपछि काकीले जबरजस्ती गरेको आरोप लगाउने र बेइज्जत गरिदिने धम्की दिएकी थिइन् ।

बुबाका अनुसार ३० मार्चमा आरोपी महिला रुद्रपुर आएकी थिइन् । त्यहाँ पनि बालकसँग जबरजस्ती शारीरिक सम्बन्ध बनाइन् । त्यहाँ उनले बालकलाई गाली गरिरहेको बेला बालककी आमाले उनीहरुको कुराकानी सुनिन् ।

पिताका अनुसार उनका कान्छो भाइको २ डिसेम्बर २०२१ मा मृत्यु भयो। उनको विवाह भएको ५ वर्ष भएको थियो । बिहे गरेको ६ महिनामै उनको स्वास्थ्य बिग्रन थालेको थियो । जाँचपछि उनी एचआइभी संक्रमित भएको पाइएको थियो । त्यसपछि उनकी श्रीमतीको पनि परीक्षण गर्दा उनी पनि एचआइभी संक्रमित पाइयो । अभियुक्त महिला एचआईभी संक्रमणको उपचार गराइरहेकी छिन् । एचआइभी श्रीमानबाट श्रीमतीमा सरेको हो कि श्रीमतीबाट श्रीमानमा सरेको हो भन्ने स्पष्ट भएको छैन ।

उनी भन्छन्, “उनले हाम्रो छोरा धर्मपुत्र बनाउने भन्दै छोरालाई गाउँ पठाउन भनिरहन्थिन् । हामी पनि त्यसको तयारीमा थियौँ। मेरो छोरोले ८ कक्षाको परीक्षा दिएको छ। हामीले गाउँ पठाउनुअघि नै यो सबै कुरा थाहा भयए । हामीले उसलाई गाउँ पठाएको भए के हुन्थ्यो ?” तर, छोराको एचआइभी रिपोर्ट नेगेटिभ आएपछि उनलाई राहत मिलेको छ र एक महिनापछि पुनः मेडिकल गराइनेछ ।

देहरादुनमा वकिल रहेकी अनुपमा गौतम भन्छिन्, “यौन अपराधहरू अब लिंगमा आधारित रहेनन्। महिलाहरूले पनि त्यस्ता आरोपहरूको सामना गरिरहेका छन्। अधिकांश केटाहरूमाथि भएका यौन अपराधहरू कहिल्यै दर्ता हुँदैनन्। त्यसैले तिनीहरूमाथि छिट्टै कारबाही हुँदैन।’ उनका अनुसार यस्ता अधिकांश केसहरूमा महिलाहरू बढी उमेरका हुन्छन्।”

उनले आफुले भोगेको एउटा घटनालाई उद्धृत गरिन् जसमा २१ वर्षीय केटाले ४५ वर्षीया महिलासँग दबाबमा बिहे गर्छन्। “यस घटनामा महिलाले केटासँग सहमतिमा यौनसम्पर्क राखेकी थिइन्। त्यसपछि जबरजस्ती विवाह गर्नका लागि ब्ल्याकमेल गरिन्। यस्ता घटनाहरू अहिले हामीसामु आइरहन्छन्। समाजमा परिवर्तन आउँदैछ।”

अनुपमा भन्छिन्, ‘कानूनमा महिलामाथि प्रत्यक्ष रूपमा बलात्कारको मुद्दा दायर हुँदैन । पुरुषमाथि हुने यौन दुर्व्यवहार बलात्कारको कानुनी परिभाषामा नआउने भएकाले यस्ता घटनामा यौन उत्पीडन, चोट पुर्याउने जस्ता मुद्दा दर्ता हुने गरेको छ । रुद्रपुरको यस मामिलामा, पीडित बच्चा नाबालिग हुँदा पोक्सो ऐन अन्तर्गत मुद्दा दर्ता गरिएको छ।’

रुद्रपुर एसएसपी मञ्जुनाथ टीसीले यस विषयमा टिप्पणी गर्न अस्वीकार गरेका छन् किनभने यो पोक्सो कानूनसँग सम्बन्धित छ। तर यौन उत्पीडनमा महिलालाई दोषी ठहराउने यस्ता घटना सार्वजनिक भइरहेका छन् कि भनेर सोध्दा उनले यो निकै कम रहेको बताए ।

लैङ्गिक मुद्दाहरूमा काम गरिरहेकी दीपा कौशलम भन्छिन्, ‘आफ्नो कामको क्रममा मैले महिलाले उत्पीडन गरेका घटना पनि देखेकी छु, किशोरमाथि हुने यौन दुर्व्यवहारका घटनामा पनि महिला दोषी पाइएका छन् तर यस्ता मुद्दा सार्वजनिक भएका छैनन् । समयसँगै महिलाहरु पनि आफ्नो यौन चाहनाप्रति सचेत हुन थालेका छन् र यस्ता घटनाहरु बढ्दै गएका छन् ।

“आखिर अपराध भनेको अपराध नै हो। चाहे त्यो महिलाले गरेको होस् वा पुरुषले,” दीपा भन्छिन्। उनी यौन अपराधको वर्तमान लैङ्गिक-तटस्थ कानुनी परिभाषालाई पुन: हेर्नुपर्ने आवश्यकतामा पनि जोड दिन्छिन्, जसमा महिलासँगै पुरुष र तेस्रो लिङ्ग पनि समावेश हुनुपर्छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *