बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी बज्रसिंह लामा पक्राउ

डिसी नेपाल
२४ चैत २०७८ १२:५७
76
Shares

काठमाडौं। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–६ बौद्ध बस्ने सिन्धुपाल्चोक लिसंखु गाउँपालिका–५ लाटेबोटडाँडा ३३ वर्षीय बज्रसिंह लामा रहेका छन्। प्रहरीले लामालाई पक्राउ गरी अदालत बुझाइएको छ ।

उच्च अदालत पाटनको १ चैत २०७८ को फैसलाले उक्त मुद्दामा ८ दिन कैद र २५ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले काठमाडौं गोंगबुबाट पक्राउ गरेको हो ।

लामाले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी एनएमबी बैंक लिमिटेड बौद्धमा रहेको आफ्नो खाताबाट भुक्तान हुने भनी पीडितलाई झुक्याएर दिएको चेकको रकम भुक्तान हुन नसकेको ठहर गर्दै अदालतले उनीउपर उक्त फैसला गरेको थियो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेस गरिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *