बारमा गठबन्धननिकट प्यानल नै विजयी

डिसी नेपाल
२५ चैत २०७८ १६:३९
88
Shares

काठमाडौं।नेपाल बार एसोसिएसनको नेतृत्वमा सत्तारुढ पाँच दलीय गठबन्धननिकट प्यानल नै विजयी भएको छ।२५ सदस्यीय कार्यसमितिका लागि १९ चैतमा बारको महाधिवेशनमा भएको निर्वाचनको सार्वजनिक मतपरिणाम अनुसार गठबन्धननिकट कानुन व्यवसायीहरूको संयुक्त प्यानल नै विजयी भएको हो ।

कांग्रेसनिकट डेमोक्रेटिक लयर्स एसोसिएसनका पूर्व अध्यक्षसमेत गोपालकृष्ण घिमिरेसहित संयुक्त प्यानल नै निर्वाचित भएको हो । सबै पदमा गठबन्धननिकट उम्मेदवारहरू विजयी भएका हुन् ।

एमालेनिकट प्रगतिशील तथा पेशागत कानुन व्यवसायी समूहका उम्मेदवार विष्णुमणि अधिकारीलाई दुई हजार ५२ मतले उछिन्दै घिमिरे अध्यक्षमा निर्वाचित भएको हुन्।घिमिरेले चार हजार चार सय ७४ मत पाएर विजयी हुँदा अधिकारीले दुई हजार चार सय २२ मत ल्याएर पराजित भए ।

घिमिरे प्यानलबाटै महासचिवमा अञ्जिता खनालले तीन हजार ६ सय ८२ मत ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी अधिकारी समूहका केदारप्रसाद कोइरालाले दुई हजार नौ सय ८९ मत ल्याए ।

कोषाध्यक्षमा घिमिरे समूहका भरतबहादुर राउत विजयी भएका छन् । अन्य पदाधिकारी र सदस्यहरूमा पनि घिमिरे समूहकै उम्मेदवारहरूले जित हासिल गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *