अमेरिकाको टेक्सस राज्यमा पशुपतिनाथ मन्दिरको सिलान्याश (फोटोसहित)

डिसी नेपाल
२९ चैत २०७८ १०:३४

अमेरिका। टेक्सस राज्यमा पशुपतिनाथ मन्दिरको सिलान्याश तथा सामुदायिक केन्द्रको उद्घाटन कार्यक्रम भएको छ। आईतवार राम नवमीको अवसर पारेर सो कार्यक्रम भब्यताका साथ सम्पन्न गरिएको हो।टेक्सस राज्यका सभासद् टेरी मेजाको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा हटो नगर प्रमुख माईक स्नाईडर, फ्लुगरभिल नगर प्रमुख भिक्टर गोन्जालेस, सिडारपार्क नगर परिषद सदस्य जिम मोरिन्, लायन्स क्लब पूर्व डिस्ट्रिक्ट गभर्नर ग्यारी फच्स्, डालस स्थित श्री पशुपतिनाथ तथा बुद्ध मन्दिर )एनसीएससी) ट्रष्टी बोर्डका अध्यक्ष बिनय शर्मा, एनआरएनए अमेरिकाका उपाध्यक्ष सुमन थापा, एनएसटीका उपाध्यक्ष किरण पौडेल, एनआरएनए टेक्सस च्याप्टरका अध्यक्ष सोफिन थापा, बरिष्ट साहित्यकार तथा प्राध्यापक प्रभात दिक्षित, डा. बिजय झा लगायतका ब्यक्तित्वहरु अतिथी रहेका थिए।

राम नवमीको साईतमा पण्डित नारायण खकुरेल लगायत ४ जना पंडितहरुबाट बिहान १० बजेबाटै पुजा आजा सुरु भई २ बजेबाट औपचारिक कार्यक्रम र यो सम्पन्न भैसकेपछि अन्तिममा श्री रामनवमी भजन किर्तन सम्पन्न भएको थियो । पंचकन्यालाई अघि लगाएर बाजागाजा, शंख घण्ट बजाउदै मंगल धुनी बाचन गर्दै जुलुसले परिसर ३ पटक परिक्रमा गरी पशुपतिनाथ मन्दिरको सिलान्यास ग्यान्स पुर्व अध्यक्ष गेहेन्द्र केसी, पुर्व अध्यक्ष देवराज न्यौपाने, अध्यक्ष भोजराज भट्ट, डा.कमल अधिकारी र बिदुर खतिवडाबाट पाँच वटा ईटामा पुजा गरेर त्यसमा सिमेन्टी राखी बिधिसम्मत सम्पन्न गरिएको छ ।

यो कार्यक्रममा प्रमुख अतिथी टेरी मेजाले टेक्सस झण्डा र टेक्सस हाउसको तर्फबाट प्रसंसा पत्र संस्थालाई प्रदान गर्दै दुई वटा महत्वपूर्ण घोषणा पनि गरेका छन्। एउटा नेपाली भाषामा टेक्ससा ड्राईभिंग लाईसेन्स र नेपाल डे घोषणा गर्ने हामीबाट गरिएको पहलमा साथ दिने र र यसका लागी आफुले हाउसमा कुरो उठाई रहेको जानकारी गराए। यही कार्यक्रममा अगुवा समाजसेवी निर्मल कुमार तथा बिना श्रेष्ठले २० हजार १ डलर थपेर २५ हजार १ डलर सहयोग गर्ने घोषणा गरेका छन्। यस्तै ठुला सहयोगदाताहरुमा प्रेम कुमार तथा कविता श्रेष्ठ १६ हजार २ डलर र एभरेष्ट तथा देवु थापा १० हजार १ सय ११ दिने घोषणा गरेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *