सशस्त्र प्रहरीकाे आइजीपीमा १९ दिनका लागि पुष्पराम केसी नियुक्त

डिसी नेपाल
३० चैत २०७८ १२:०४

काठमाडौं। सरकारले सशस्त्र प्रहरी बलका एआईजीपी पुष्पराम केसीलाई १९ दिनका लागि महानिरीक्षक (आईजीपी)मा नियुक्त गर्ने भएको छ।

गृहमन्त्रालय स्रोतका अनुसार केसीलाई आइजीपी बनाउन सिफारिस गर्न लागेको हो। यसअघि किशोर लामा १४ दिनका लागि आइजीपी भएका थिए। बधाई थाप्दा थाप्दै उनको कार्यकाल सकिएको थिए।

केसीलाई पनि घर जाने बेलामा १९ दिका लागि आइजीपी बनाउन लागिएको हो। ३० वर्षे सेवा अवधिका कारण आउदो वैशाख १९ गते केसीले अनिवार्य अवकाश पाउनेछन् । ‘आज बस्ने मन्त्रिपरिषद्को बैठकले उनलाई आईजीपीमा नियुक्ति गर्नेछ’, मन्त्रालय स्रोतले भन्यो।

केसीका व्याचमेट शैलेन्द्र खनाल २७ गते अनिवार्य अवकास पाएका थिए। उनले अनिवार्य अवकासमा पाएसँगै सशस्त्र प्रहरी बल नेतृत्वविहीन बनेको छ। सो अवस्थालाई हेर्दै मन्त्रिपरिषद्को बैठकले बुधबार नै नयाँ नेतृत्व छनोट गर्ने तयारी गरेको हो। सशस्त्रका डीआईजीहरूको बढुवा गर्न आज बढुवा समितिको बैठक बस्ने स्रोतले बतायो।

एआईजी केसी १८ दिनका लागि आईजीपी भएसँगै यता एआईजीको पदसमेत रिक्त हुने छ। सो रिक्त पदका लागि बुधबार बढुवा समितिले बढुवाको तयारी गरेको हो। तीन जना डीआईजीहरू राजु अर्याल, नारायणदत्त पौडेल र सीपी गौतमबीच एआईजी बन्ने प्रतिस्पर्धा रहेको देखिन्छ।

प्रतिस्पर्धामा रहेका तिनै जना एकै दिन डीआईजीमा बढुवा भएका थिए। उनीहरु मध्ये अर्याल पहिलो, पौडेल दोस्रो र गौतम तेस्रो नम्बरमा रहेका छन् । सरकारले उनीहरु मध्ये एक जनालाई एआइजी बनाउनेछ। जो एआइजी हुन्छ उही १९ गतेपछि आइजीपीमा नियुक्ति हुनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *