अमेरिकाको डिसी मेट्रो एरियामा नृत्य निर्देशक संघ नेपालको शाखा गठन
अमेरिका। अमेरिकाको डिसी मेट्रो एरियामा संचालन हुँदै आएको केसी डान्स सेन्टरका संचालक तथा नृत्य निर्देशक नवीन केसीको अध्यक्षतामा नृत्य निर्देशक संघ नेपालको शाखा गठन गरिएकाे छ।
नृत्य निर्देशक संघका केन्द्रीय उपाध्यक्ष शम्भु शाही र केन्द्रीय सदस्य सृजना श्रेष्ठको उपस्थितिमा गठन गरिएको शाखामा उपाध्यक्ष केसी डान्स सेन्टरका संचालिका एवं नृत्य निर्देशक लुना श्रेष्ठ, सचिवमा मनिधन राई, कोषाध्यक्षमा सिम्रन शाही र सल्लाहकारमा नृत्य निर्देशक यज्ञमान शाक्य रहेका छन्।
बिसं २०७३ सालमा स्थापना भएको नृत्य निर्देशक संघ नेपालको केन्द्रीय कार्यालय काठमाण्डूमा छ भने यस संघका अध्यक्ष वरिष्ठ नृत्य निर्देशक भुवन दास श्रेष्ठ छन्।
अमेरिकामा रहेका नृत्य कलाकारलाई एउटै छातामुनी ल्याउने र नेपाली कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले शाखा गठन गरिएकाे अध्यक्ष केसीले जानकारी दिए।

विगत साढ़े दुई दशकदेखि आफ्नो नृत्य कलालाई नै निरन्तरता दिँदै आएका केसीले चलचित्र क्षेत्रमा निक्कै लामो समय प्रमुख सहायक नृत्य निर्देशकदेखि प्रमुख नृत्य निर्देशकसम्म भएर काम गरेकाे अनुभव छ।
उनले विभिन्न म्युजिक भिडियोहरुको निर्देशन पनि गरेका छन् भने देश बिदेशमा भएका थुप्रै रंगमंचको कार्यक्रमहरुमा नृत्य मार्फत नेपाली कला र संस्कृतिलाई चिनाउँदै आएका छन्।
हाल अमेरिकाको भर्जिनिया राज्यमा रहेका उनी नेपाली कला संस्कृतिलाई मलजल गरेर जीवित राख्ने उद्देश्यले संघ स्थापना गरेकाे बताउँछन्। यसै सिलसिलामा डिसी महानगर क्षेत्रमा केसी डान्स सेन्टरको स्थापना गरि नृत्य निर्देशक लुना श्रेष्ठ र केसी भएर नृत्य प्रशिक्षण दिनुको साथै विभिन्न कार्यक्रमहरु गर्दै आएका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment