गठबन्धन बैठक: सिट बाँडफाँडको जिम्मेवारी कार्यदललाई

डिसी नेपाल
४ वैशाख २०७९ १२:२९

काठमाडौं। सत्तारूढ पाँच दलीय गठबन्धनको बैठकले स्थानीय तह निर्वाचनमा सिट बाँडफाँडको विषयमा निर्णय गर्ने जिम्मेवारी कार्यदललाई दिइएको छ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनका शीर्ष नेताहरूको बैठकले स्थानीय तह निर्वाचनका लागि सिट बाँडफाँडको जिम्मेवारी कार्यदललाई दिने निर्णय गरेको हो।

कार्यदलले रिपोर्ट दिएपछि मात्रै सिटको टुंगो लाग्नेछ। साेमबारसम्म महानगर-उपमहानगरमा कुन दलले पाउने भन्नेबारे टुंगो लाग्नेछ। सबै प्रदेशमा निर्वाचनको तयारी र गठबन्धनको अवस्थाबारे भोलि नै कार्यदलको रिपोर्ट लिने निर्णय गठबन्धनको बैठकले गरेको छ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा निर्वाचन तयारी तथा अनुगमन समिति कार्यदल बनेको थियो । समितिले स्थानीय तह निर्वाचनमा महानगर र उपमहानगरपालिको भागबन्डाबारे निर्णय गर्ने अधिकारी दिइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *