निलम्बन विरुद्ध गभर्नर अधिकारी सर्वोच्च अदालतमा

डिसी नेपाल
४ वैशाख २०७९ १५:०१

काठमाडौं। सरकारले आफूमाथि गरेको निलम्बनको कारवाही गैरकानूनी भएको भन्दै नेपाल राष्ट्र बैंकका गभर्नर सर्वोच्च अदालत गएका छन्।

गत चैत २५ गते सरकारले अधिकारीलाई गभर्नर पदबाट निलम्बन गरेपछि यसविरूद्ध उनी सर्वोच्च अदालत गएका हुन्।

अधिकारीले आफूमाथि गरिएको कारबाही बदर गरी गभर्नरको जिम्मेवारीमा फर्किन अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका छन्।

सरकारले उनीमाथि सूचना चुहाएको आरोप लगाउँदै उनीविरुद्ध अनुसन्धान गर्न पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो। सोसँगै अधिकारी निलम्बनमा परेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *