स्थानीय तहको सिट बाँडफाँटबारे सत्ता गठबन्धनमा जुटेन सहमति

डिसी नेपाल
४ वैशाख २०७९ १८:२८

काठमाडौं । सत्तारुढ दलहरुको गठबन्धनले आसन्न स्थानीय तह निर्वाचनका लागि सिट बाँडफाँटमा सहमति गर्न सकेनन्। आज दिउँसो प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको ‘स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समिति’ को बैठकमा पाँचै दलका नेताहरुले आ–आफ्नो दाबी पेस गरे।

बैठकबाट आइतबार कुनै टुंगो नलागेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए। बैठकमा समितिका संयोजक एवम् कांग्रेस नेता रामचन्द्र पौडेलले महानगरपालिका र उपमहानगरपालिकाका प्रमुख र उपप्रमुख पद बाँडफाँटबारे अन्य सहयात्री दलको धारणा मागेका थिए। कार्कीले बैठकमा तालमेललाई व्यवस्थित रुपमा कसरी अघि बढाउने भन्नेबारे छलफल भएको बताए।

बैठकमा माओवादी केन्द्रले चितवनको भरतपुर महानगरसहित धरान, जितपुर सिमरा, हेटौंडा र घोराही उपमहानगरको प्रमुखमा दाबी गरेको छ भने नेकपा (एकीकृत समाजवादी)पोखरा महानगरसहित उपमहानगरमा दाबी गरेको एक नेताले जानकारी दिए।

गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *